¶ हे परमेश्वर, तपाईंले हामीलाई फाल्नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् ।
TSK
TSK · यूहन्ना 1:4
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ! हेर, तिमीहरूका परमेश्वर सट्टा लिएर, परमेश्वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”
अन्धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्नेछैन ।
अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”
तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”
किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।
फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।
म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
कि ख्रीष्टले दु:ख भोग्नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्ट तिमीमा चम्कनुहुनेछ ।”
(अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो);
अनि गवाही यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।
म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”