माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
TSK
TSK · यूहन्ना 11:52
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
त्यस दिन, यिशैको जरा मानिसहरूको निम्ति झण्डाको रूपमा खडा हुनेछ । जातिहरूले उहाँलाई खोज्नेछन् र उहाँको विश्राम स्थल महिमायुक्त हुनेछ ।
वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् ।
यो इस्राएलबाट बहिष्कृत भएकाहरूलाई भेला पार्नुहुने परमप्रभु परमेश्वरको घोषणा हो— तिनीहरूबाहेक अरूलाई पनि म भेला पार्नेछु ।”
यसकारण यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्ति म तिनीहरूको पवित्रस्थान भएको छु ।’
तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ, जसलाई नाप्न वा गन्न सकिंदैन । त्यो त्यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’, तिनीहरूलाई यसो भनिनेछ, ‘तिमीहरू जीवित परमेश्वरका मानिसहरू हौ ।’
तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”
अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा!
अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्नेछु ।”
अथवा के परमेश्वर यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्वर हुनुहुन्न र? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ ।
किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्ति गर्नुभयो ।
प्रेममा परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्न हुनुभयो ।
किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ । उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् ।
अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्याउनको निम्ति उहाँ प्रसन्न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्वरले शान्ति ल्याउनुभयो । चाहे स्वर्गका कुराहरू होऊन् वा पृथ्वीका कुराहरू, सबैलाई परमेश्वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
¶ परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक याकूबबाट, छरपष्ट भएका बाह्र कुललाई अभिवादन ।
उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्न नसक्ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।