म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ ।
TSK
TSK · यूहन्ना 12:48
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्टबाट बचाउनुहुने तिमीहरूका परमेश्वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ? ’
उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।
जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
निश्चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।
जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “यो धर्मशास्त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो?’
पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् ।
ती अगमवक्ताले भनेको नसुन्ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’
किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रीष्टका सुबास्ना हौँ ।
जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
हरेक व्यक्ति एक पटक मर्न निश्चित छ, र त्यसपछि न्याय आउँदछ ।
हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र?