तर राजाले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार? सायद परमप्रभुले नै, 'दाऊदलाई सराप' भनेर त्यसलाई भन्नुभएको हुनाले त्यसले मलाई सराप्दै छ । अनि त्यसलाई 'तिमीले राजालाई किन सराप्दै छौ?' भनेर कसले भन्न सक्छ' ।”
TSK
TSK · यूहन्ना 2:4
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
¶ हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।
त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “स्त्री, तिम्रो विश्वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।
त्यसकारण येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ ।
उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
¶ अब निस्तार-चाडअगि येशू जान्नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”
त्यसैले, हामीले एक चोटि ख्रीष्टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ ।