आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
TSK
TSK · यूहन्ना 3:6
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
परमेश्वरले पृथ्वीलाई देख्नुभयो; हेर, यो त भ्रष्ट थियो, किनकि पृथ्वीका सबै मानिसहरूका मार्ग भ्रष्ट भएका थिए ।
मानिस के हो र ऊ शुद्ध हुनुपर्यो? स्त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्यो?
हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्याउनुहोस् ।
तिमीहरूका अन्तस्करणमा म तिमीहरूलाई एउटा नयाँ हृदय र नयाँ आत्मा दिनेछु, र तिमीहरूका शरीरबाट ढुङ्गाको हृदय म निकाल्नेछु । किनभने म तिमीहरूलाई मासुको हृदय दिनेछु ।
किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।
तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्! त्यसैले, म आफैँले मेरो मनले परमेश्वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु ।
तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।
पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।
हामी एकपल्ट यी सबै अविश्वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्थ्यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ ।
जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्वरबाट जन्मेको हो ।