नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
TSK
TSK · यूहन्ना 6:40
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
किनकि कलिलो बिरूवाजस्तै र सुख्खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
ताकि उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।
तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल बन्नेछ ।”
नष्ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”
मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु ।
म तिनीहरूलाई अनन्त जीवन दिन्छु; तिनीहरू कहिल्यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्नेछैन ।
र जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुनेलाई देख्छ ।”
सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस् ।
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
¶ अब विश्वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो ।
तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तर तिमीहरू उहाँमा विश्वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्त जीवन यही हो ।
तिमीहरू आफैँलाई परमेश्वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ ।