TSK

TSK · यूहन्‍ना 9:31

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्‍टहरूसँगै नष्‍ट गर्नुहुनेछ?

यसैकारण, त्यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।”

साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् ।

किनकि परमेश्‍वरले ईश्‍वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्‍वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?

त्यसकारण अब आफ्‍नो निम्‍ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”

परमप्रभुको दृष्‍टि धर्मीहरूमा हुन्छन् र उहाँका कानहरू तिनीहरूका पुकारमा हुन्छन् ।

मैले आफ्‍नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्‍नुहुनेथिएन ।

त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा—तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए ।

उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।

दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ ।

कसैले व्यवस्था सुन्‍नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ ।

तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्‍नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटायौ भने,

किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्‍नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्‍नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्त्य ल्याउनेछु ।”

यसैले म पनि तिनीहरूको माझमा काम गर्नेछु । मेरा आँखामा दया हुनेछैन, र म तिनीहरूलाई छोड्नेछैनँ । तिनीहरू उच्‍च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्यो सुन्‍नेछैनँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्‍नेछ ।

तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ, र तिमीहरूलाई नियुक्‍त गरेँ, ताकि तिमीहरू जाओ, र फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।

विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ ।