TSK

TSK · लेवीहरू 2:10

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । अन्‍नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने छ’ ।”

पुजारीका सबै अन्‍नबलि पूर्ण रूपमा जलाइयोस् । त्यो खानुहुँदैन ।”

मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्‍नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।

परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।

मेरो पुजारी हुन, मेरो वेदीमा जान, र धूप बाल्न र मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें । मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ ।

तिनीहरूले अन्‍नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ ।