TSK

TSK · लुका 13:35

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ ।

परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्‍दिरबाट हामी आशीर्वाद दिनेछौं ।

अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।

असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्‍वरले राज्‍य गर्नुहुन्छ!” ।

तर मैले घोषणा गरेका यी वचन तिमीहरूले सुन्‍दैनौ भने—यो राजदरबार भग्‍नावशेष हुनेछ, यो परमप्रभुको घोषणा हो' ।”

किनकि इस्राएलका मानिसहरू राजा, राजकुमार, बलिदान, ढुङ्गाको स्तम्भ, एपोद र घरघरका मूर्तिहरूविना धेरै दिनसम्म रहनेछन् ।

¶ ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्!

किनभने म यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्‍त्रीहरूको इज्‍जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् ।

उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्‍ना! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् ।

अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्‍नुभयो,

तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।”

तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”

तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।

यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ ।