TSK

TSK · मलाकी 2:11

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

¶ मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,

यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।

तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू ।

यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।

¶ अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।

त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।”

ती दिनमा अश्दोद, अम्मोन र मोआबका स्‍त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ ।

परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्‍ट पारेनन्,

तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ । तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ ।

मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी ।

त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ?

आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।

अविश्‍वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के सङ्गति?