TSK

TSK · मर्कूस 1:24

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।”

किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।

र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्‍ताहरूद्वारा बोलिएको वचन यसरी पुरा भयो ।

त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”

“नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”

गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।

र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।”

तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो ।

किनभने हामीले यस मानिसलाई दु:ख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौँ । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो ।

“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।