TSK

TSK · मर्कूस 13:15

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

छिटो गर! त्यहाँ भाग, किनभने तिमी त्यहाँ नपुगेसम्म म केही गर्न सक्दिनँ ।” यसैकारण त्यस सहरलाई सोअर भनियो ।

शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “वस्‍तवमा नै छालाको साटो छाला हुन्‍छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ ।

विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।

त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।

जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।

विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।