परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।
TSK
TSK · मर्कूस 14:6
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
अब योप्पामा तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन् ।
किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन । बरु, परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ ।
हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।
तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्ठा र निन्दा गर्न नसक्ने बोली-वचन देखाऊ ।
यी वचनहरू विश्वासयोग्य छन् । तिमी यी कुराहरूबारे दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।
हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्ने कुरालाई विचार गरौँ ।
अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्वरको प्रशंसा गरून् ।