तिनीहरूमध्ये एक जना तरकारी खोज्न बारीमा गयो । त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्यो । तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन ।
TSK
TSK · मर्कूस 16:18
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्न सकून् ।”
तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्टको नाउँमा हिँड ।”
अब उहाँको नाउँमाथिको विश्वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्नु र जान्नुहुन्छ । येशूप्रति यिनको विश्वासले यिनलाई तपाईंहरू सबैको सामुन्ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।
यो चंगाइको आश्चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए ।
पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे ।
पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्यान मिलाऊ ।” तिनी तुरुन्तै उठे ।
पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।
पब्लियसका बुबा ज्वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे ।
त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ ।