TSK

TSK · मर्कूस 2:24

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ ।

त्यसको पाप त्यसैमाथि पर्नेछ ।” इस्राएलका मानिसहरू मरुभूमिमा हुँदा तिनीहरूले शबाथ दिनमा दाउरा बटुलिरहेको मानिस भेट्टाए ।

त्‍यसो गर्ने र त्‍यसलाई दह्रोसित समात्‍ने मानिस धन्यको हो । उसले शबाथ-दिनलाई अपवित्र नपारी त्‍यसको पालन गर्छ र कुनै खराबी गर्नबाट आफ्नो हातलाई अलग राख्छ ।

ती परदेशीहरू पनि जो परमप्रभुमा सहभागी हुन्‍छन्— उहाँको सेवा गर्न र उहाँको आराधना गर्न परमप्रभुको नाउँलाई प्रेम गर्नेहरू, हरेक व्‍यक्‍ति जसले शबाथ-दिन पालन गर्छ, र जसले त्‍यसलाई अपवित्र पार्दैन, अनि जसले मेरो करार बलियो गरी समाउँछ,

तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।

तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”

धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो ।

जब शास्‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”