TSK

TSK · मत्ती 4:13

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्‍यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो ।

तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो ।

र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।

तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।

अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए ।

जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।