जो निर्दोष भएर हिंड्छ, जसले ठिक काम गर्छ र आफ्नो हृदयले सत्य बोल्छ ।
TSK
TSK · मिका 2:7
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने ।
हे परमप्रभु, तपाईंको वचनको मध्यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको छ ।
तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने, म आफ्नो कष्टमा नाश भएको हुन्थें ।
उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्का बुद्धि साँचेर राख्नुभएको छ । निष्ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
परमप्रभुको मार्गले निष्ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्टको लागि यो विनाश हो ।
निष्ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ ।
म आउँदा त्यहाँ किन कोही पनि थिएन? मैले बोलाउँदा किन कसैले पनि जवाफ दिएन? के मोल तिरेर छुट्टाउन मेरो हात धेरै छोटो भएको थियो र? के तिमीहरूलाई छुट्टाउन ममा कुनै शक्ति थिएन र? हेर, मेरो हप्कीले म समुद्रलाई सुकाउँछु । म नदीलाई सुख्खा बनाउँछु । पानीको कमीले त्यहाँका माछाहरू मर्नेछन् र कुहिनेछन् ।
¶ हेर, परमप्रभुको हात यति छोटो छैन कि त्यसले बचाउन सक्दैन । न त उहाँको कान यति मन्द नै छ कि त्यसले सुन्न सक्दैन ।
तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर म तपाईंको नाउँ लिन्छु ।
अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।
पश्चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो ।
तर यो परमेश्वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन, किनकि इस्राएलका सबै साँचो रूपमा इस्राएलका होइनन् ।
तिनीहरू भक्तिमय देखिनेछन्, तर यसको शक्तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।