TSK

TSK · गन्ती 13:22

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे ।

मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।

त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्‍ट पारे । तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे ।

परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।

तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्‍ना,

¶ यसपछि दाऊदले परमप्रभुलाई सोधे र भने, “के म यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ?” पमरप्रभुले तिनलाई जवाफ दिनुभयो, “उक्लेर जा ।” दाऊदले भने, “म कुन सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “हेब्रोनमा जा ।”

मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।

सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्‌को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्‍न सक्छौ, “म बुद्धिमान्‌ मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।”

यद्यपि तिनीहरूका शासकहरू सोअनमा र तिनीहरूका दूतहरू हानेसमा आएका छन् ।