तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो
TSK
TSK · गन्ती 30:2
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।
इस्राएलले परमप्रभुसँग भाकल गरेर भने, “यदि तपाईंले हामीलाई यी मानिसहरूमाथि वजय दिनुभयो भने, हामी तिनीहरूका सहरहरूलाई पूर्ण रूपमा नष्ट पार्ने छौँ ।”
यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने,
यसैले यिप्ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्डर बनाए । जब यिप्ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्याए ।
तिनले उनलाई देख्नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्यौ, र मलाई कष्ट दिने एउटा कारण तिमी भएकी छ्यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।”
तपाईंले आफ्नो प्रार्थना उहाँमा नै चढाउनुहुनेछ, अनि उहाँले तपाईंको बिन्ती सुन्नुहुनेछ । तपाईंले उहाँमा आफ्नो भाकल पुरा गर्नुहुनेछ ।
तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्नेहरूका सामु म आफ्नो भाकल पुरा गर्नेछु ।
मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन ।
म तपाईंको मन्दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्नो भाकल पुरा गर्नेछु,
परमप्रभुका सबै मनिसको सामु आफ्ना भाकलहरू उहाँमा म पुरा गर्नेछु ।
मैले शपथ खाएको छु र पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु
तैँले परमेश्वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्वर मूर्खहरूसित रमाउनुहुन्न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’
धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् ।
तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।”
यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।”