TSK

TSK · हितोपदेश 1:31

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

जे मैले देखेको छु त्‍यसअनुसार, अधर्म जोत्‍नेहरू र कष्‍ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् ।

विश्‍वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्‍ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।

धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्‍ना कामहरूका फल खानेछन् ।

हे पृथ्वी, सुन् । मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु, जुन तिनीहरूका विचारको नतिजा हो । तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे ।

त्‍यसैले तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्‍याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्‍लोमा हाल्‍नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।"'