म तँलाई ठुलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस् ।
TSK
TSK · हितोपदेश 10:22
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
मैले तपाईंबाट एउटा धागोम जुत्ताको फित्ता वा कुनै पनि कुरा लिनेछैन, ताकि 'मैले अब्रामलाई धनी बनाएको छु' भनी तपाईंले कहिल्यै भन्न सक्नुहुनेछैन ।
इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्यही साल सय गुणा कटनी गरे । किनभने परमेश्वरले तिनलाई आशिष् दिनुभयो ।
तर तिमीहरूचाहिँ विनाशको निम्ति अलग गरिएका थोकहरू लिने कुरामा सावधान होओ, ताकि तिमीहरूले तिनीहरूलाई विनाशको निम्ति चिनो लगाओ, र तिमीहरूले तिनीहरूमध्ये कुनै पनि नलेओ । यदि तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले इस्रएलको छाउनीलाई विनाश गरिनु पर्ने थोकजस्तै तुल्याउने छौ र तिमीहरूले यसमाथि कष्ट ल्याउने छौ ।
परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ ।
एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र?
हिजकियाले धेरै धनसम्पत्ति र धेरै मान पाएका थिए । तिनले आफ्ना निम्ति सुन, चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, अनि ढालहरू र अरू दामी-दामी चीजहरू राख्ने भण्डारहरू बनाए ।
किनकि परमेश्वरले ईश्वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?
उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्न ।
बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्छ, किनकि परमप्रभुका प्रियजन सुत्दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ ।
कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।
“म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”