भजनसंग्रह 1:6
TSK
किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्टको मार्ग भने नष्ट हुनेछ ।
TSK
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्टको मार्ग भने नष्ट हुनेछ ।
तर दुष्ट मानिसहरू नष्ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्म हुनेछन् र धूवाँमा हराउनेछन् ।
जब दुष्टहरू घाँसझैं उम्रिन्छन्, र दुष्ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्छन् ।
न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ ।
तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”
तब तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो ।’
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।