TSK

TSK · हितोपदेश 13:9

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

म एउटा कुल सोलोमनको छोरोलाई दिने छु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस् ।

कतिपल्‍ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्‍ट दुःख पठाउनुहुन्‍छ?

धार्मीहरूका निम्ति ज्‍योति प्रकट हुन्‍छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।

तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।

किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ ।

त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’