TSK

TSK · हितोपदेश 14:1

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।

आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”

मूर्ख स्‍त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।

झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।

बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ ।

उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।