तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्टो परे र परमेश्वरको आराधना गरे ।
TSK
TSK · हितोपदेश 18:14
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
सर्वशक्तिमान्का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।
मैले दुष्टतासाथ काम गरेको भए, मलाई धिक्कार छ! र मैले धार्मिकतासाथ काम गरे पनि, मैले आफ्नो शिर ठाडो पार्न सकिनँ, किनकि म अपमानले भरिएको छु— मेरो कष्ट हेर्नुहोस् ।
जब म चूप लागें, तब दिनभरिको मेरो सुस्केराले मेरा हाडहरू खिइएर गए ।
मेरा हाडहरूमा तरवार परेझैं, मेरा शत्रुहरूले मलाई हप्काउँछन्, तिनीहरू सधैं मलाई यसो भन्छन्, “तेरो परमेश्वर खोइ कहाँ छन्?”
डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ ।
यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्टले सहनशीलता उत्पन्न गराउँछ ।
हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्वरको अनुग्रहमा ।
अनि उहाँले मलाई भन्नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।
अहिले तिमीहरूले विभिन्न किसिमका धेरै कष्टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।