त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ ।
TSK
TSK · हितोपदेश 19:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
अनि अब्बशालोम र इस्राएलका मानिसले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो छ ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्चय गर्नुभएको थियो ।
तर उहाँ बेग्लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।
परमप्रभुले जातिहरूका मित्रतालाई व्यर्थ तुल्याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।
परमप्रभुले असल मानिसलाई स्नेह देखाउनुहुन्छ, तर दुष्ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।
मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ ।
यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।
“हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्यहाँ हाम्रा राजा बनाऔं ।”
सम्पूर्ण पृथ्वीको निम्ति इच्छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बहुली यही हो ।
तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्छौ, “हामीहरू अरू जातिहरूजस्तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।”
कुनै चेतावनीविना नै ऊ प्रदेशको सबैभन्दा सम्वृद्ध ठाउँमा आउनेछ, र उसको बुबा वा हजुरबुबाले नगरेका काम त्यसले गर्नेछ । उसले लुटका सामान र धन-सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ । उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ, तर केही समयको लागि मात्र हुनेछ ।
तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’
अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ ।
परमेश्वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्का गर्नुभयो ।
किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए । यी परमेश्वरको भय नमान्ने मानिसहरू हुन् जसले परमेश्वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्दछन् ।