गुप्त कुराहरू परमप्रभु हाम्रा परमेश्वरका मात्र हुन् । तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा र हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकूँ ।
TSK
TSK · हितोपदेश 25:2
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।
त्यसपछि दुई जना वेश्या स्त्री राजाकहाँ आई तिनको सामु खडा भए ।
परमेश्वरले सोलोमनलाई महान् बुद्धि र समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति दिनुभयो ।
त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो ।
परमेश्वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्नुहुन्छ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्न सक्नुहुन्छ?
मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।
तपाईंले सोध्नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।
आकाशमूनि गरिने हरेक कुरोलाई बुद्धिद्वारा अध्ययन गर्न र अनुसन्धान गर्न मैले मेरो मन लगाएँ । त्यो अनुसन्धान एउटा कष्टकर काम हो जुन परमेश्वरले मानिसहरूलाई व्यस्त राख्न दिनुभएको हो ।