हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्नुहुन्छ ।
TSK
TSK · हितोपदेश 28:12
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र?
यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई रमाउँदै गए ।
दाऊदले सम्पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्ना परमेश्वरलाई धन्यवाद देओ ।” सम्पूर्ण समुदायले आफ्ना पुर्खाहरूका परमेश्वरलाई धन्यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्टो परेर दण्डवत् गरे ।
परमप्रभुको सेवा बुझेका सबै लेवीलाई हिजकियाले उत्साहको वचनले बोले । यसरी मेलबलिका बलिदानहरू चढाउँदै, र परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरसँग आफ्ना पापहरू स्वीकार गर्दै र तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए ।
यहूदीहरू खुसी र प्रसन्न भए अनि तिनीहरूका निम्ति आनन्द र सम्मानको दिन भयो ।
धर्मी मानिसहरूले उन्नति गर्दा सहर नै रमाउँछ, तर दुष्टहरू नष्ट हुँदा रमाहट हुन्छ ।
धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् ।
त्यो देशलाई धिक्कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्न थाल्छन्!
तब अधिकारीहरूले बारूकलाई भने, “जाऊ तिमी र यर्मिया पनि गएर लुक । तिमीहरू कहाँ छौ भनेर कसैले पनि थाहा नपाओस् ।”
उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्वरको प्रशंसा गर्न लागे ।