तपाईंका पत्नीहरू कति प्रसन्न होलान्! तपाईंको बुद्धि सुन्न पाएकाले तपाईंको सामु निरन्तर खडा हुने तपाईंका सेवकहरू कति प्रसन्न होलान्!
TSK
TSK · हितोपदेश 8:34
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
किनकि तपाईंको चोकको एक दिन अन्त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्टहरूका पालहरूमा बस्नुभन्दा म आफ्नो परमेश्वरको मन्दिरको पाले हुनेछु ।
होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,
बुद्धि प्राप्त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन् ।
येशूले उहाँमा विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ;
थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे ।