TSK

TSK · रोमी 9:21

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।

के यो तिरस्कृत र टुक्रटुक्रा भएको भाँडो हो? के यो मानिस यहोयाकीन एउटा त्‍यस्‍तो भाँडो हो जसले कसैलाई खुसी पार्दैन? ऊ र उसका सन्तानहरूलाई किन तिनीहरूले बाहिर फालेका छन् र तिनीहरूले नचिनेका देशमा तिनीहरूलाई पठाएका छन्?

तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।

त्यसैले, परमेश्‍वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ ।

सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् ।