जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस् ।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए । उनीहरूले तिनलाई खम्बाहरूका बिचमा खडा गरेका थिए ।
TSK
TSK · रूथ 3:7
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
जब ती लेवी, तिनकी उपपत्नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्नुहुन्छ ।”
अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई,
खानु, पिउनु र आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन । यो सत्यताचाहिँ परमेश्वरको हातबाट आउँछ भनी मैले देखेँ ।
त्यसैले म प्रसन्नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।
मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ ।
र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ ।