TSK

TSK · तीतस 3:2

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।

झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।

झगडालु पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।

मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।

चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् ।

¶ म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु ।

तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍वास,

त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।

सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्याग्‍नुपर्छ ।

त्यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।

भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।

त्‍यसैगरी स्‍त्रीहरू पनि प्रतिष्‍ठित होऊन्, निन्‍दा नगर्ने, न्रम र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्दछ ।

मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।

भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।

सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर ।

“जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्‍ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् ।

यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।

तर यी मानिसहरूले आफूले नबुझ्ने कुराहरूको विरुद्धमा निन्दा गर्दछन् । र यिनीहरूले बुझ्ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्‍दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्‍ट गरेका छन् ।