हेर्नुहोस्, परमेश्वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने,
TSK
TSK · २ पत्रुस 2:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो ।
यसकारण जस्तो म जीवित छु—यो परमप्रभु परमेश्वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्दा कामहरूले मेरो पवित्रस्थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।
किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्नेछैन । जस्तो तैंले गरेको छस् तेस्तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् ।
त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,
तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे ।
तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
किनकि परमेश्वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्नुपर्छ भन्ने उहाँ जान्नुहुन्छ ।
जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्ट गर्नुभएको होस् ।
तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।
¶ तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो ।