TSK

TSK · प्रेरित 10:40

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

¶ अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए ।

तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।

मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ ।

हामी बप्‍तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ ।

यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।

अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ?

अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले,