सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् ।
TSK
TSK · दानिएल 2:45
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
फारोलाई सपना दोहोर्याइनुको कारणचाहिँ यही हो, कि परमेश्वरले यो विषयलाई पक्का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ ।
यसकारण, हे परमप्रभु परमेश्वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं ।
तब मैले हेरेँ, र खडा भएर अधिकारीहरू, शासकहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिनीहरूदेखि नडराओ । प्रभुलाई सम्झनुहोस् जो महान् र भययोग्य हुनुहुन्छ । आ-आफ्ना परिवाहरू, छोराछोरीहरू, पत्नीहरू र घरहरूका लागि लड्नुहोस् ।”
हेर्नुहोस्, परमेश्वर महान् हुनुहुन्छ, तर हामी उहाँलाई राम्ररी बुझ्न सक्दैनौं । उहाँका वर्षहरूको सङ्ख्याको गणना गर्न सकिंदैन ।
¶ परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको सहर उहाँको पवित्र पर्वतमा ज्यादै धेरै प्रशंसा हुनुपर्छ ।
परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ ।
यसकारण परमप्रभु परमेश्वर भन्नहुन्छ, “हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्य कुनेढुङ्गा, एउटा बलयो जग राख्नेछु । जसले विश्वास गर्छ ऊ लाजमा पर्नेछैन ।
त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”
ती राजाहरूको समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु ।
फरिसीहरूले परमेश्वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,
त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्वरको ठुलो भोजका निम्ति भेला होओ ।