माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
TSK
TSK · दानिएल 9:26
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्छ र उहाँले प्रत्येक फुलमालालाई जमिनमा फाल्नुहुनेछ ।
जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्ड दिइयो ।
एउटा सातको निम्ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्यक्ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्यक्तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
उत्तरको राजा आफ्नो सम्पूर्ण राज्यको शक्तिमा आउने निर्णय गर्नेछन्, र तिनीसित सम्झौताको एउटा दस्तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् । दक्षिणको राज्यलाई खत्तम गर्न तिनले एउटी स्त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् । तर त्यो योजनाले तिनलाई सफल वा मदत हुनेछैन ।
तब परमप्रभुले भन्नुभयो, “त्यसको नाउँ लो-अम्मी राख, किनकि तिमीहरू मेरा मनिसहरू होइनौ, र म तिमीहरूका परमेश्वर होइनँ ।
सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्नेछन् ।
“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् ।
तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्नेछौ । तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन ।
उहाँले तिनलाई भन्नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।”
किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।
तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्नेछन् ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।
अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्नेछु ।”
तिनीहरूले झुटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन ।
हाम्रो निम्ति ख्रीष्ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”
हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।