TSK

TSK · उत्पत्ति 18:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्‍म उनीहरूलाई बिदा गर्न गए ।

¶ साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।

अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे ।

तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए । तिनी आफ्ना दाजुको नजिक नआउञ्‍जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्‍याउँदै गए ।

योसेफ घरमा आउँदा तिनीहरूले आफ्ना हातमा भएका उपहारहरू घरभित्र ल्याए, र भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्के । तिनी अझै पनि त्यहीँ नै थिए र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए । तिनको हातमा नाङ्गो तरवार थियो । यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?”

तब ती स्‍त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्‍वरका दूतका झैं धेरै डरलाग्‍दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्‍नुभएन ।

जब यरीहोबाट आएका अगमवक्ताहरूका छोराहरूले तिनी पारि तरेको देखे तब तिनीहरूले भने, “एलियाका आत्माले एलीशामा बास गरेको छ ।” त्यसैले तिनलाई भेट्न तिनीहरू आए, र तिनको अघि आफैलाई भुइँसम्मै निहुराए ।

अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए ।