TSK

TSK · याकूब 3:9

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”

जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।

जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्‍दै गर्दा उसले सराप्‍दै गयो ।

दाऊदले सबै सभाको उपस्‍थितिमा परमप्रभुलाई धन्‍यवाद दिए । तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, सदासर्वदा तपाईंको प्रशंसा होस्‌ ।

त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।

त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन । हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।

तब म तपाईंको न्यायको बारेमा भन्‍नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु ।

हे मेरो आदरको हृदय, जाग् । हे वीणा र सारङ्गी जाग । बिहान सबेरै म जगाउनेछु ।

त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झुटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष्‌ ‌‌दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् । सेला

मेरो जिब्रोले पनि दिनभरि तपाईंको धार्मिकताको बारेमा बताउनेछ । किनकि तिनीहरू लाजमा र गोलमाल पारिएका छन् जसले मलाई चोट पुर्‍याउन खोजे ।

त्यसले सराप्‍न मन परायो । त्‍यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्‌लाई ‌‌घृणा गर्‍यो । त्यसकहाँ कुनै आशिष्‌‌‌ नआओस् ।

मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।

परमप्रभु भन्‍नुभयो, “यी मानिसहरू आफ्‍ना मुखले मेरो नजिक आउँछन् र आफ्‍ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।

त्यसपछि उनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो ।

तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् ।

परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।