त्यसकारण परमप्रभु भन्नुहुन्छ, “ तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्चय नै मर्नेछस्' ।” तब एलिया गए ।
TSK
TSK · हितोपदेश 11:19
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।
तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”
क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
यसैमा परमेश्वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।