TSK

TSK · हितोपदेश 6:26

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

योसेफका मालिककी पत्‍नीले उनीप्रति चाहना राखिन् । तिनले भनिन्, “मसँग सुत ।”

तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्‍नेछन्, “कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।”

वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।

खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछ ।

यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः धिक्‍कार ती स्‍त्रीहरू, जसले आफ्‍ना हातका हरेक भागमा जादुका बुटीहरू बाँध्छन् र मानिसहरूको शिकार गर्न विभिन्‍न आकारका शिर ढाक्‍ने घुम्‍टा बनाउँछन्‌ । के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिं बचाउने छौ र?

तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’