TSK

TSK · १ इतिहास 21:12

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खाने छौ । तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्ने छौ ।

म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु ।

तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।

परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।

परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ ।

¶ दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्‍यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे । त्यसैले परमप्रभुले भन्‍नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्‍यसले गोबोनीहरूलाई मार्‍यो ।”

¶ गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन ।”

त्यस राज परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीलाई मारे । जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए ।

वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ ।

विनाशकहरू उजाड-स्थानका सबै नाङ्गा स्थानहरूको विरुद्धमा आएका छन्, किनकि परमप्रभुको तरवारले तिनीहरूलाई देशको एउटा छेउदेखि अर्को छेउसम्म नाश पार्दैछ । देशमा कुनै पनि जीवित प्राणीको लागि सुरक्षा छैन ।

हाय परमप्रभुको तरवार! तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ? तेरो म्यानमा फर्केर जा । रोकी र मौन हो ।

अथवा मैले यो देशको विरुद्धमा रूढी पठाएँ र रगत बगाएर त्‍यसका मानिसहरू र पशुहरूलाई मारेर मैले आफ्‍नो क्रोध पोखाएँ भने,

तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।

¶ त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए । त्यसैले, पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् ।