TSK

TSK · १ इतिहास 21:30

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;

त्‍यो दिन दाऊद परमेश्‍वरसँग डराए । तिनले भने, “परमेश्‍वरको सन्‍दूकलाई कसरी मकहाँ घरमा ल्‍याउन म सक्‍छु?”

आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।

त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।

तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ । ऐयिन

हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।

जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।