TSK

TSK · १ यूहन्‍ना 2:14

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।

येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;

अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ ।

सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।

¶ त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।

यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।

हामीभित्र जुन सत्यता छ र हामीसँग सदासर्वदा रहनेछ त्यही सत्यताले गर्दा प्रेम गर्छौं ।

मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।