अय्यूब 22:26
TSK
किनकि त्यसपछि तपाईं सर्वशक्तिमान्मा रमाउनुहुनेछ । तपाईंले आफ्नो अनुहार परमेश्वरमा उचाल्नुहुनेछ ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
किनकि त्यसपछि तपाईं सर्वशक्तिमान्मा रमाउनुहुनेछ । तपाईंले आफ्नो अनुहार परमेश्वरमा उचाल्नुहुनेछ ।
हे परमप्रभु मेरो परमेश्वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्ने चाहिँ होइन । परमेश्वरले नै मेरो न्याय गर्नुहुन्छ ।
यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु ।
हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्वासको सम्पूर्ण निश्चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ ।
न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।