TSK

TSK · १ शमूएल 21:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

इसहाकले आफ्‍ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्‍वरले यसलाई मकहाँ ल्याउनुभयो ।”

शाऊलले मीकललाई भने, “तैंले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्‍यो?” मीकलले शाऊललाई जवाफ दिइन्, “उहाँले मलाई भन्‍नुभयो, 'मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?'”

दाऊदले अबीयाथारलाई भने, “एदोमी दोएगलाई त्यहाँ देख्दा नै मलाई त्यसै दिन थाहा थियो, कि उसले निश्‍चय पनि शाऊललाई भन्‍नेछ । तिम्रो बुबाको परिवारको हरेकको मृत्युको निम्ति म जिम्मेवार छु ।

त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्‍का हल्‍लाउनेछ ।

एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ ।