तिमीहरूले आफ्ना सबै अन्नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्नबलिमा आफ्ना परमेश्वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू ।
TSK
TSK · २ इतिहास 13:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब इस्राएलका परमप्रभु परमेश्वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।
यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”
त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्न बाध्य भए ।
जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।
तापनि परमप्रभु इस्राएलका परमेश्वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्ति इस्राएलमाथि राज्य गर्न मलाई चुन्नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्नुभयो ।
मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्न के तिमीहरू हाम्रा परमेश्वरोक डरमा चल्नुपर्दैन र?
तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले,
तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्नेछौ, जसको कारणले उसको सिंहासनमा बस्न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ ।
ती परमप्रभुको अगि चढाउनु । पुजारीहरूले तीमाथि नून राख्नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन् ।
हे महाराजाका, सर्वोच्च परमेश्वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्ता, आदर, र ऐश्वर्य दिनुभयो ।
हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ ।