TSK

TSK · २ इतिहास 13:9

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।

“हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।

तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये ।

यसपछि यारोबाम आफ्नो दुष्ट मार्गबाट फर्केनन्, तर तिनले डाँडाका ठाउँहरूका लागि सबै थरीका मानिसहरूका बिचबाट सामान्य पुजारीहरूलाई नियुक्त गरिरहे । सेवा गर्न चाहने जोसुकैलाई पनि तिनले पुजारीको रूपमा अभिषेक गर्थे ।

सुनबाट बनाउने कुराहरूका निम्‍ति सुन र चाँदीबाट बनाउने कुराहरूका निम्‍ति चाँदी, र अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू म दिंदैछु । आज परमप्रभुलाई योगदान गर्न र आफैलाई उहाँमा अर्पण गर्न इच्‍छा गर्ने अरू कोही छ?”

के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्‍नो महिमालाई साटेका छन् ।

किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्‍यो बनायो । त्यो परमेश्‍वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ ।

तर पहिले जब तिमीहरूले परमेश्‍वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्‍वरहरू होइनन् ।