तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।
TSK
TSK · २ इतिहास 19:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
जब म मेरो चम्कने तरवारमा शान लगाउँछु, र जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ, तब म मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु, र मलाई अवहेलना गर्नेहरूलाई म बदला लिने छु ।
(इस्राएलमा पहिले, जब मानिसले परमेश्वरको इच्छा खोज्न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)
यारोबामको घरानाले गरेजस्तै बाशाले परमप्रभुको दृष्टिमा गरेका सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रिस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो ।
आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् ।
¶ यहोशापातसँग धेरै धन-सम्पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्बन्ध जोडे ।
इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी बोल्दैनन्, तर सधैं खराबी मात्र भन्दछन् ।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न ।”
यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्, जुन इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
तर हिजकियालाई दिइएको मदतका निम्ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्यो ।
तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्नेछ ।
मैले तपाईंको धार्मिकता र तपाईंको मुक्तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्नेछ ।
हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।
किनभने सबै भक्तिहीनता र मानिसहरूको अधार्मिक्ता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्तिहीनताद्वारा सत्यतालाई रोकेको छ ।
यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
तर यदि हामीले आफैँलाई जाँच गर्यौँ भने हामी न्यायमा पर्नेछैनौँ ।
तिमी व्यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्वरको शत्रु बनाउँछ ।