¶ यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।
TSK
TSK · २ इतिहास 22:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
२ राजाहरू 3:1
TSK
२ राजाहरू 8:28
TSK
रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए । अरामीहरूले योरामलाई घाइते बनाए ।
२ इतिहास 18:3
TSK
इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन् । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”
२ इतिहास 19:2
TSK
तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए र यहोशापात राजालाई भने, “के दुष्टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
दानिएल 5:22
TSK
हजुर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन ।