TSK

TSK · २ इतिहास 5:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।

परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।

¶ यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्‍वर्गबाट आगो तल झर्‍यो, र होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो ।

आगो तल झरेको र परमप्रभुको महिमा मन्‍दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्‍ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्‍टो पारे र आराधना गरे र परमप्रभुलाई धन्‍यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।”

मानिसहरूसित सल्‍लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्‍दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किन उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।”

तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्छ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए ।

हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो ।

गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।

¶ हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।

¶ परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।

म तिनीहरूलाई हरेक दिन मेरो आदर गर्न एकै किसिमको हृदय र एउटा मात्र मार्ग दिनेछु, यसरी तिनीहरू र तिनीहरूपछि आउने तिनीहरूका सन्तानहरूका लागि भलो होस् ।

विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।

जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् ।